• madhyabindu-hospital-slider-1.png
  • madhyabindu-hospital-slider.png
  • mid-point-hospital-slider.jpg

Message From Chairperson

२०७६ साल साउन १ गतेदेखि लागु हुनेगरी गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट मलाई मध्यविन्दु जिल्ला अस्पताल नवलपुरको व्यवस्थापन समितिको अध्यक्ष पदमा सिफारिस गरी कामकाज गर्न खटाएपछि म साउन १ गते नै अस्पतालमा गई पदभार ग्रहण गरेर अध्यक्षले गर्नुपर्ने कार्यहरु सम्पादन गर्दै आइरहेको छु । यसको लागि म गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रत्यक्ष अप्रत्यक्ष रुपमा मलाई सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछु ।

 



Message From Medical Superintendent

Its an honour to welcome to you all on our own hospital via our website. Globally demand on quality health services is everyone priority and we grant it. Madhyabindu district hospital located on kawashoti 16 a provincial level hospital is established to fulfill the existing gap in current health delivery system and is commited in providing all health services to our optimum.

District Hospital Approved

Message From The President

डा. गोपाल खनाल

अध्यक्ष

                २०७६ साल साउन १ गतेदेखि लागु हुनेगरी गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट मलाई मध्यविन्दु जिल्ला अस्पताल नवलपुरको व्यवस्थापन समितिको अध्यक्ष पदमा सिफारिस गरी कामकाज गर्न खटाएपछि म साउन १ गते नै अस्पतालमा गई पदभार ग्रहण गरेर अध्यक्षले गर्नुपर्ने कार्यहरु सम्पादन गर्दै आइरहेको छु । यसको लागि म गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रत्यक्ष अप्रत्यक्ष रुपमा मलाई सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछु । साथै यस घडीमा जस जसले मध्यविन्दु सामुदायिक स्मृति अस्पताललाई स्थापना गर्ने क्रममा महायज्ञ लगाइ रकम संकलन गर्ने काम देखि अस्पतालको दर्ता, संचालन, निर्माण, स्रोत व्यवस्थापन जस्ता आदि कुराहरुमा दुःख र हण्डर खेप्नु भयो उहाँहरु सबैप्रति म कृतज्ञता समेत प्रकट गर्दछु ।

                यसरी सामुदायिक अस्पतालबाट सरकारी जिल्ला अस्पताल बन्नु यस क्षेत्रका जनताहरुको लागि खुशीको कुरा पनि हो । समुदायले आजसम्म अस्पताललाई अघि बढाउन र गुणस्तरिय सेवा प्रदान गर्न अथक परिश्रम गरेको, दुःख र पसिना बगाएको कुरालाई कदापि बिर्सन सकिंदैन । समुदायबाट सरकारी अस्पतालमा परिणत भएपछि अस्पतालका अगाडि निकै चुनौतिहरुको सामना गर्नु परिरहेको अवस्था समेत विद्यमान छ । आवश्यक नीति नियम बनाउने, कर्मचारी नियमावली बनाउने, समितितर्फ र सरकारी कर्मचारीको व्यवस्थापन गर्ने, स्रोत साधन जुटाउने, समुदायको आकांक्षा मुताबिक अस्पतालमा थप सेवाहरु बिस्तार गर्ने कार्य निकै कठिन रहेका छन् । संक्रमणकालको यस अवधिमा हामीले आजसम्म आन्तरिक तथा बाह्य व्यवस्थापनका यस्ता धेरै कार्यहरु सम्पन्न गरिसकेका पनि छौं । व्यवस्थापन समितिको कुशल समूह, लगनशील कर्मचारीहरु, सहयोगी स्थानीय समुदाय, विभिन्न सरकारी तथा निजी क्षेत्रहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु, राजनितिक दल तथा जनप्रतिनिधिहरुले मलाई यस्ता चुनौतिहरुको सामना गर्नमा बल पु¥याइरहनु भएको पनि छ । म सबैप्रति कृतज्ञ छु र सबैलाई धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा समेत मलाई अझै सबैको आवश्यकता तथा सहयोग रहिरहने आशा छ । मलाई विश्वास गरी अध्यक्ष जस्तो गरिमामय पदमा पु¥याउनुभएको र मलाई दिनुभएको मेरो पदीय कार्यबोझ सफलतापूर्वक सम्पन्न गर्ने प्रण समेत गर्दछु। मेरो आजसम्मको ४० वर्षे स्वास्थ्य सेवाको अनुभवलाई यस अस्पतालको विकास, सुदृढिकरण, विभिन्न सेवाको बिस्तार र गुणस्तर अभिवृद्धिको लागि सुम्पने छु । अस्पतालको हित विपरित कुनै काम गर्न त के सोंच्न समेत सकिंदैन र निरन्तर मलाई दिएको जिम्मेवारीमा अग्रसर हुने नै छु ।

                यस अस्पतालमा जनशक्ति, औषधी उपकरण र बजेट व्यवस्थापन नै मुख्य चुनौति रहेकोले क्रमशः यस्ता समस्या समाधान गरी यस जिल्लाका जनताको अस्पतालप्रतिको आशा र भरोसालाई छिट्टै पुरा गरिने विश्वास दिलाउन चाहन्छु । यसको लागि प्रदेश सरकार, स्थानीय सरकार, सहयोगी हातहरु, समुदायका आम नागरिकहरु, राजनीतिक दल र जनप्रतिनिधिहरु, कर्मचारीहरु सबैको सहयोगको निरन्तर अपेक्षा गरेको छु । अस्पताललाई हालको अवस्थाबाट क्रमशः माथि उठाई भविष्यमा ३०० बेडको अस्पताल, मेडिकल कलेज, ट्रमा सेन्टर, अनुसन्धान केन्द्र तथा देशकै नमुना अस्पतालको रुपमा विकास गर्ने अस्पताल व्यवस्थापन समितिको प्रबल चाहनालाई अघि बढाउन निरन्तर लागिरहने कुरामा समेत म सबैलाई विश्वास दिलाउन चाहन्छु। तर यसको लागि विभिन्न चुनौतिहरुको चाङ्ग हाम्रा अगाडि रहेको छर्लङ्ग छ । अस्पताल भवन, आवास गृह लगायत भौतिक निर्माणका कार्यहरु बाँकी नै छन् भने शल्यक्रिया सहितको सेवा, मोबाइल अस्पताल, विशेषज्ञ सेवाहरु बढाउने काम पनि मुख्य प्राथमिकताका साथ अघि बढाउन बाँकी रहेका छन् । क्रमशः यावत समस्याहरु समाधान गर्दै जाने र अस्पताल सुदृढिकरण गर्ने काममा कुनै कसर बाँकी नराखी काम गर्ने कुरामा हामी दत्तचित्त रहेका छौं । यस्ता कार्यहरु सम्पन्न गर्न हामी सबैको अस्पताल भएकोले हामी सबैको सहयोग हुनुपनि अपरिहार्य रहेको छ । धन्यवाद !

 

हालसम्म यस समितिले गरेका केही उल्लेखनिय कार्यहरु यसप्रकार छन् ।

१             समितिले विभिन्न अनुभव प्राप्त गर्नका लागि लम्जुङ्ग, कास्की, तनहुँ र पर्वत जिल्लाका जिल्ला अस्पतालहरुको अध्ययन भ्रमण गरेको छ । ती जिल्लाबाट आर्जन गरिएका अनुभवलाई यस जिल्ला अस्पतालमा समेत केही लागु गरिएका र केही लागु गरिने क्रममा छन् ।

२             कर्मचारीहरुलाई जिल्ला अस्पताल भएपछि व्यवस्थापन गर्न समिति तर्फका र सरकारी तर्फका कर्मचारीहरुलाई समेत लागु हुनेगरी कर्मचारी सेवा नियमावली २०७६ जारी गरी समितिबाट पास भई लागु गरिएको र सोही अनुसार सेवा सुविधा प्रदान गर्ने काम गरिएको छ ।

३             यस जिल्लामै रहेको सबैभन्दा ठूलो सर्पदंश सम्बन्धी समस्या समाधान गर्न अस्पतालमा सर्पदंशको व्यवस्थापन केन्द्र २०७६ साउन १९ गतेदेखि नेपाल टक्सिनोलोजी एसोसिएसनका अध्यक्ष तथा सर्पदंश विशेषज्ञ डा. छविलाल थापाज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन गरी संचालनमा ल्याइएको छ । भविष्यमा सर्पदंश सम्बन्धी विभिन्न तहका लागि तालिम संचालन गर्ने कार्यक्रम रहेको छ ।

४             पोस्ट मार्टम सेवा प्रदान गर्न थालिएको छ । यसको लागि भवन तथा उपकरणको व्यवस्थापन गर्ने काम जिल्ला समन्वय समिति नवलपुर तथा गण्डकी प्रदेशको अस्पताल सुदृढिकरण कार्यक्रम मार्फत सहयोग हुँदैछ ।

५             अस्पतालमा कार्यरत कर्मचारी, समुदाय र समितिबिच अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिएका छन् ।

६             विशेषज्ञ सेवा प्रदान गर्ने र सेवा बढाउने उद्देश्यले पुरानो मेडिकल कलेज भरतपुरबाट दैनिक विशेषज्ञहरु ल्याई विभिन्न सेवाहरु प्रदान गर्ने उद्देश्य राखिएको र पहल भइरहेको छ ।

७             नवदुर्गा वन उपभोक्ता समिति हँसौरासँग १ वर्षको लागि सम्झौता गरी केही सेवाहरुमा त्यस समितिका सदस्यहरुलाई स्वास्थ्य बिमा प्रदान गरिएको छ ।

८             सनराईज बैंक कावासोतीबाट अस्पताललाई फोहर व्यवस्थापन सम्बन्धी विभिन्न सामग्रीहरु प्राप्त भएको, बैंकले अस्पतालमा काउण्टर स्थापना गर्ने सोंच बनाएको र दीर्घकालिन रुपमा नै अस्पताल जन्य फोहर व्यवस्थापनमा सघाउने प्रतिबद्धता जनाएकोले आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ ।

९             अस्पतालमा दैनिक सुगर परीक्षण निःशुल्क उपलब्ध गराइएको छ । कतिपय प्रयोगशाला सेवा निकै सुलभ बनाइएको र विभिन्न समूहलाई विशेष छुटको समेत व्यवस्था गरिएको छ । साथै डेङ्गुको प्रकोपको समयमा कावासोती नगरपालिकाको सहयोगमा निःशुल्क डेङ्गु परीक्षण गरिएको थियो ।

१०           जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा करीब २०० भन्दा बढी विभिन्न जातका विरुवाहरु अस्पतालको कम्पाउण्ड्भित्र असौज ३ गते संविधान दिवसको दिनमा रोप्ने कार्य गरियो ।

११           साझा स्वास्थ्य सेवासँग सम्झौता गरी औषधी पसल सञ्चालनको अनुमति दिएपछि फार्मेसी सेवा सुचारु भएको छ ।

१२           अस्पतालको कम्पाउण्ड्भित्र रहेको चमेना गृहलाई सरसफाईयुक्त र गुणस्तरिय बनाउने काम गरिएको छ । साथै, उद्यानको नियमित सरसफाई, रेखदेख, फुलबारी बनाउने काम पनि विशेष प्राथमिकताका साथ गरिएको छ ।

१३           अनुगमन उप समिति, खरीद, एम्बुलेन्स् संचालन, उद्यान तथा पार्क व्यवस्थापन, सरसफाई, आन्तरिक लेखापरीक्षण, निर्माण, कर्मचारी नियमावली जस्ता आदि विविध उप समितिहरु गठन गरी समुदाय, कर्मचारी र व्यवस्थापन समितिलाई संयोजन गर्ने काम गरिएको छ ।

१४           क्षय तथा कुष्ठरोगको सम्बन्धमा अस्पताललाई प्रदेश स्तरीय रेफरल सेन्टर बनाउने उद्देश्यले दामियन फाउन्डेसनसँग सम्झौता गरी कार्यक्रम अघि बढाइएको र भवनको शिलान्यास समेत बेल्जियमकी राजकुमारी एस्ट्रिड र गण्डकी प्रदेशका मुख्यमन्त्री सम्माननीय पृथ्वी सुब्बा गुरुङ्ग ज्यूबाट सम्पन्न भैसकेको छ ।

१५           हिल्फे संस्थाबाट सहयोग भई निर्माणाधिन रहेको नयाँ अस्पताल भवनलाई पूर्णता दिन हिल्फेसँग पनि केन्द्रस्तरबाट सम्झौता गर्न प्रस्तावना गरिएको र केन्द्रमा पहल भइरहेको छ भने उक्त भवन निर्माणको लागि गण्डकी प्रदेशबाट यस आर्थिक वर्षमा ३ करोड रुपैयाँ प्राप्त भई टेण्डरको प्रक्रियामा भवन निर्माणको कार्य रहेको छ ।

१६           समुदायका व्यक्तिहरुको जनचाहनालाई सम्बोधन गर्न मध्यविन्दु स्मृति भवन निर्माण गर्न कृष्णबहादुर दंगालको अध्यक्षतामा निर्माण समिति गठन गरी भवन निर्माण कार्यले गति लिइरहेको अवस्था छ ।

१७           अस्पताल कम्पाउण्ड्भित्रै आरोग्यश्वर महादेवको मन्दिर निर्माण गर्ने कामको लागि मुक्तिनाथ पिठाधिश्वर त्रिवेणीधामका स्वामी आदरणिय कमल नयनाचार्यज्यूको करकमलबाट शिलान्यास भई स्थानीय विभिन्न समूहहरु र चन्दादाताको सहयोगमा सम्पन्न गर्न फागुन ९ गते महाशिवरात्रीको अवसरमा निर्माण कार्यको शुरुवात गरिएको छ ।

१८           निकट भविष्यमा नेपाल नेत्रज्योति संघ नवलपुरले आँखा उपचार सेवा प्रदान गर्ने कार्यक्रम राखेको र आँखा अस्पतालको भवन नबन्दासम्म अस्पताल भित्रैबाट कोठा व्यवस्थापन गरी सेवा प्रदान गर्न समन्वय गर्ने काम भइरहेको छ ।

Our Services

Mission


To provide quality services to people of whole Nawalpur District and outside districts through accountable, equipped, accessible, academic, well-equipped, research center, clean and green Hospital.

Vision


To establish an acountable, accessible, affordable, academic, well-equipped, research center, clean and green Madhyabindu District Hospital.

Goal


To establish 300 bedded 3P (Public Private Partnership) model teaching Hospital. To start academic programs for Nurses and Paramedics and ultimately MBBS program with 300 bedded teaching Hospital will be promoted in medical college soon.

मध्यविन्दु जिल्ला अस्पताल नवलपुर


Kawasoti Municipality, Ward No: 16
Sahidnagar, Danda Nawalparasi (East of Bardaghat Susta)

Contact Us



Phone: 078418046/418146
districthospitalsustaeast@gmail.com
© 2020 मध्यविन्दु जिल्ला अस्पताल नवलपुर. All Rights Reserved. Designed By ioMelody Pvt. Ltd.