Future Plan

अस्पतालको भावी कार्ययोजना :


हाल मध्यविन्दु जिल्ला अस्पताल नवलपुरको अस्पताल व्यवस्थापन समितिको सक्रियता, स्थानीय नागरिकहरुको महत्वाकांक्षा, राजनीतिक दलहरुको प्रतिवद्धता, जनघनत्वको अवस्था, बदलिंदो परिवेश, नयाँ नयाँ स्वास्थ्य समस्याहरुको फैलावट, भरतपुर अस्पतालको प्रभाव जस्ता आदि कारणहरुले गर्दा यस अस्पतालमा विभिन्न सेवाहरु सहित अस्पताल सुदृढिकरण हुँदै जाने कुरामा कुनै शंका छैन । अस्पतालले बनाएको कार्ययोजना, दातृ निकायहरुको आश्वासन, प्रदेश तथा संघीय सरकारको सुदृष्टि जस्ता आदि कारणहरुले गर्दा निकट भविष्यमै यस जिल्ला अस्पतालमा निम्न कार्यहरु सम्पन्न गरिने लक्ष्य रहेको छ ।


१) निर्माणाधिन अस्पताल भवन ५ तल्ले हुनेछ र अस्पतालका हरेक सेवा प्रवाहको लागि पर्याप्त स्थान हुनेछ । अस्पतालमा स्टाफ क्वार्टरको छुट्टै भव्य भवन बन्नेछ । भविष्यमा अस्पताल ३०० बेडको अस्पतालमा परिणत हुने र आधुनिक तथा गुणस्तरिय सेवा प्रवाहमा अब्बल अस्पताल बन्नेछ ।

२) मध्यविन्दु स्मृति भवन हल सहितको बन्नेछ, जहाँ निरन्तर सामुदायिक क्रियाकलापहरु, पितृमोक्षका कार्यक्रमहरु हुनेछन्, पितृका फोटोहरु राखिनेछन् र समुदायले अस्पताल स्थापना शुरु गर्दाको स्मरण र आफ्नो अपनत्वको महसुस् गर्नेछन् ।

३) अस्पताल क्षयरोग, कुष्ठरोग तथा सर्पदंश व्यवस्थापनका लागि गण्डकी प्रदेश स्तरिय अनुसन्धान तथा रेफरल सेन्टरका रुपमा विकसित हुनेछ । क्षय तथा कुष्ठरोगको कार्यक्रमको लागि दामियन फाउण्डेसनले यसै आर्थिक वर्षभित्र भवन बनाइ कार्यक्रम शुरु गरिसक्ने कार्यक्रम रहेको छ ।

४) अस्पतालमा दन्त उपचार सेवा शुरुवात हुने अवस्थामा छ ।

५) मोबाइल अस्पतालको कार्य यसै आर्थिक वर्षदेखि शुरु हुँदैछ, त्यसको लागि जनशक्तिको समूह सहित सुविधा सम्पन्न मोबाइल एम्बुलेन्स्को व्यवस्था हुनेछ र दुर्घटनाको खबर पाउनासाथ तत्कालै उद्धार गरी अस्पतालमा ल्याइ उपचार हुनेछ । यसै क्रममा यो अस्पताल भविष्यमा ट्रमा अस्पतालको रुपमा विकसित हुँदै जानेछ । यसको लागि एम्बुलेन्स् खरीदको प्रक्रिया अघि बढ्दैछ । एम्बुलेन्स् खरीदका लागि कावासोती नगरपालिकाबाट ७ लाख र प्रदेश सरकारबाट १० लाख बजेट प्राप्त भैसकेको छ ।

६) अस्पतालभित्रै जीवनशैली, योग तथा फिजियोथेरापि सेवा सहितको वैकल्पिक उपचार सेवा र परामर्श सेवा समेत प्रदान गर्ने योजना रहेको छ ।

७) साधारण देखि जटिल शल्यक्रिया समेत अस्पतालमा शुरु गरिनेछ । यसको लागि विभिन्न विशेषज्ञ चिकित्सकहरुको व्यवस्था गरिने, अपरेशन कक्षको व्यवस्थापन गरिने, रक्तसंचार सेवा युनिट स्थापना गर्ने जस्ता आदि कार्यक्रमहरु अघि सारिएको छ ।

८) नेत्रज्योति संघ नवलपुरको आँखा अस्पताल भवन जिल्ला अस्पतालको कम्पाउण्ड्भित्रै निर्माण हुनेछ र आँखा उपचारको सेवा शुरु हुनेछ ।

९) अस्पतालको क्षेत्रभित्र कम्पाउण्ड् पर्खालको निर्माण गरिनेछ ।

१०) अस्पताललाई एक शैक्षिक अस्पतालको रुपमा विकास गर्ने योजना बनिरहेको छ । स्वास्थ्यकर्मीहरुको उत्पादन गर्ने र अन्तमा चिकित्सकहरुको समेत कक्षा संचालन हुनेगरी मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको रुपमा विकसित गर्ने योजना रहेको छ ।

मध्यविन्दु जिल्ला अस्पताल नवलपुर


Kawasoti Municipality, Ward No: 16
Sahidnagar, Danda Nawalparasi (East of Bardaghat Susta)

Contact Us



Phone: 078418046/418146
districthospitalsustaeast@gmail.com
© 2020 मध्यविन्दु जिल्ला अस्पताल नवलपुर. All Rights Reserved. Designed By ioMelody Pvt. Ltd.